नेकपा (एमाले) कैलाली नवौं जिल्ला अधिवेशनअन्तर्गत मतदान जारी छ। मतदान अहिले बिहान ८ बजेबाट सुरू भएको हो।
कैलाली जिल्लाको आगामी नेतृत्वका लागि डेजी पाण्डे, यज्ञराज ढुंगाना र दुर्गाप्रसाद जोशी प्रतिस्पर्धामा छन्।
१५० सदस्यीय जिल्ला कमिटीका लागि ४८० जना प्रतिस्पर्धामा रहेको अध्यक्षका प्रत्यासी पाण्डेले जानकारी दिए।
उनकाअनुसार अध्यक्षमा तीन, उपाध्यक्षमा चार, सचिवमा तीन जना प्रत्यासी छन्। त्यस्तै महिला उपसचिवमा पाँच र पुरूष उपसचिवमा चारजना प्रतिस्पर्धामा छन्।
कैलालीको नवौं अधिवेशन फागुन ६ गतेबाट सुरू भएको हो।
अधिवेशनमा ५९३ जना प्रतिनिधि रहेको पाण्डेले बताए।
नेकपा (एमाले) ले २०८१ जेठ मसान्तभित्र जिल्ला अधिवेशन गरिसक्न परिपत्र गरेको छ।
अहिलेसम्म नौवटा जिल्लाको अधिवेशन सकिइसकेको छ। ५ वटामा निर्वाचन भएको र तीनवटामा सहमति भएको नेकपा (एमाले)ले जानकारी दिएको छ।
सहमतिमै नेतृत्व छानिएको मुगुमा भने विवाद भएर संगठन विभागले निरूपण गरिरहेको छ।