परराष्ट्रमन्त्री एनपि साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ।
बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री साउद र विदेशमन्त्री शुक्रबार भेटवार्ता भएको हो।
विदेशमन्त्री जयशङ्करले मन्त्री साउदसँगको वार्ताले द्विपक्षीय सम्बन्धको सकारात्मक प्रक्षेपणलाई पुनः पुष्टि गरेको उल्लेख बताएका छन्।
साथै उनले मन्त्री साउदको ‘रायसिना संवाद’मा सक्रिय सहभागिता देखेर खुसी लागेको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्।
फागुन ९ गते नयाँदिल्ली प्रस्थान गरेका मन्त्री साउदले शुक्रबार रायसिना संवादलाई सम्बोधन गरेका थिए।
परराष्ट्रमन्त्री साउदले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेटवार्ता गर्नेछन्।
रायसिना संवाद एक बहुपक्षीय मञ्च हो, जसलाई ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो।