ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी घोषणा कार्यक्रममा आफू प्रमुख अतिथि मात्रै रहेको बताएका छन्।
पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले प्रमुख अतिथिका रूपमा आफूलाई बोलाइएको कारण सहभागी भएको बताएका हुन्।
'म उज्यालो नेपाल पार्टीको मात्रै होइन। जुनसुकै पार्टीको घोषणा सभामा बोलाउनुभयो भने सबैमा जान्छु,' उनले भने,'सबै मेरा लागि समान हुन्।'
उज्यालो नेपाल पार्टीले सम्मानपूर्वक प्रमुख अतिथिमा बोलाएकाले आफूले स्वीकार गरेको बताए।
चुनावअघि मन्त्रीबाट राजीनामा दिएर पार्टीको नेतृत्व गर्ने आन्तरिक सहमति जुटेको नेताहरू बताउँछन्।