नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार जनताको आदेशले बनाएको बताएका छन्।
सरकारको वैधतामाथि पार्टीका नेताहरूले प्रश्न गरिरहेका बेला उनले जेन–जी आन्दोलनमा जनताले दिएको आदेशअनुसार सरकार बनेको बताए।
‘संविधानमा लेखिएको छ–सार्वभौमसत्ता जनतामा निहित। त्यो भनेको सार्वभौम सत्ता सरकारमा होइन कि जनतामा हुन्छ। जनताले बनाएको संविधान उसलाई मन लाग्यो भने निर्देश गर्दछ। नयाँ मुभमेन्टबाट परिवर्तन हुन्छ। त्यो जनताको अधिकार हो। र अहिले जननिर्वाचित सरकार नभए पनि जनताको आदेश जसरी आन्दोलन भयो, त्यसरी होला कतै न कतै घुसपैठ होला। राष्ट्रिय धरोहर भत्किनु हुँदैनथ्यो होलाऽ त्यो आफ्नो ठाउँमा छ। त्यो गल्ती कमजोरी भएको छ तर हाम्रो गराई पनि पर्याप्त थिएन,’ नेता महरले भने।
- न्युज एजेन्सी नेपाल