प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को प्रवक्तामा सन्तोष परियार नियुक्त भएका छन्।
शुक्रबार बसेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष परिषद्को बैठकले परियारलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो।
त्यस्तै प्रलोपाको सह–प्रवक्ताको जिम्मेवारी अध्यक्ष परिषद्का अध्यक्ष ओजस्वी भट्टराईलाई दिने निर्णय गरिएको अध्यक्ष परिषद् अध्यक्ष दुर्गा सोबले बताएकी छन्।