राष्ट्रिय प्रजातन्त्र पार्टीको मधेस प्रदेशकी एक मात्र सांसद कंचन विच्छाको पद गुमेको छ।
पार्टीलाई जानकारी नदिई नेकपा एमाले संसदीय दल नेता सरोज यादव नेतृत्वको सरकारमा विच्छा सहभागी भएकी थिइन्।
उनलाई सरकारबाट फिर्ता आउन अध्यक्ष राजेन्द्र लिङ्देनले आग्रह गरे पनि मानेकी थिइनन्।
त्यसपछि राप्रपा अनुशासन आयोगले विच्छामाथि कारबाही सिफारिस गरेको थियो भने केन्द्रीय कार्यसम्पादन समितिले ६ महिना पार्टीबाट निलम्बन गर्दै सरकार र प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने निर्णय गरेको थियो।
राप्रपाको उक्त निर्णय मंसिर १२ गते मधेस प्रदेश सचिवालयमा प्राप्त भएको थियो। त्यसअनुसार शुक्रबार विच्छाको सांसद पद गुमेको सूचना प्रदेश सभाले टाँस गरेको छ।
यसबीचमा एमाले नेतृत्वको सरकार ढलिसकेको छ। नयाँ सरकार गठनका लागि गृहकार्य भइरहेको छ।
राप्रपाले मधेसमा अब नयाँ सांसद पठाउनेछ। विच्छा समानुपातिकतर्फ सांसद रहेकी थिइन्। राप्रपाले बुझाएको समानुपातिक सूचीमा विच्छापछि दोस्रो नम्बरमा महोत्तरीकी सुनिताकुमारी ठाकुरको नाम छ।
यस्तो छ विज्ञप्ति:
