नेपाली कांग्रेस सुधार अभियानले जिल्ला संयोजकहरू तोकेको छ।
केन्द्रीय संयोजन समितिका तर्फबाट शिव रिमालले शुक्रबार जिल्ला संयोजकहरू तोकेका हुन्।
पार्टीका हरेक तह र आम निर्वाचनमा युवाहरूको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न दबाब दिन यो अभियान अघि बढाइएको हो।
साथै उनीहरूले उम्मेदवारको छनोट प्राइमरी इलेक्सनबाट गर्न पनि माग गर्दै आएका छन्।
कुन जिल्लामा को संयोजक?


