भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र रूसको सम्बन्ध जुनसुकै चुनौती सामना गर्न तयार रहेको बताएका छन्।
शुक्रबार हैदराबाद हाउसमा भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले भारत-रुसको मैत्री सम्बन्ध मजबुत रहेको र जस्तोसुकै परिस्थिति सामनाका लागि सक्षम रहेको बताएका हुन्।
युक्रेनबारे भारत शान्तिपूर्ण र दीगो समाधानका लागि भएका प्रयासहरुको समर्थन गर्छ। यसमा हामीले सधैँ सहयोग गरेका छौं। रूसले आतंकवाद विरूद्ध भारतको लडाइँलाई सधैँ समर्थन गरेको छ,' मोदीले भने, 'भारत-रूस मित्रता नयाँ चुनौतीको सामना गर्न तयार छ।'
उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको खुलेर प्रशंसा गरेको बिबिसी हिन्दीले जनाएको छ।
'राष्ट्रपति पुटिनको भ्रमणले साझा व्यापारलाई नयाँ दिशा दिनेछ,' उनले भने।
पुटिनले पनि मोदीको खुलेर तारिफ गरेको बिबिसीले जनाएको छ।
उनले कैयौं साझा अन्तर्राष्ट्रिय मुद्दाहरूबारे आफूले मोदीसँग टेलिफोन संवाद गरी छलफल गरेको पनि बताए।
पुटिनले प्रधानमन्त्री मोदीले परिकल्पना गरेको मेक इन इन्डिया अभियानलाई खुलेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
'दुई देशबीच लजिस्टिक रूट बनाउने विषयमा पनि छलफल भइरहेको छ। हामी हिन्द महासागरको रूटबारे पनि छलफलमा छौं,' पुटिनले भने।
'हामी व्यापार, लगानी र प्रविधिमा अगाडि साझा ढंगले अगाडि बढिरहेका छौं। रूस र भारत इकोनोमिक सहयोग संगठनले तपाईंलाई मिलाउन काम गर्छ,' पुटिनले अगाडि भने।