प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक सुरू भएको छ।
फागुन २१ मा तोकिएको प्रतिनिधि सभा निर्वाचन तयारीका सन्दर्भमा सरकार, दलहरू, निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिहरूबीच छलफल भएको हो।
छलफलमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार मन्त्री जगदीश खरेल, अर्थमन्त्री रामेश्वर खनाल, कानुन मन्त्री अनिल सिन्हालगायत छन्।
नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्रीय सदस्य पुष्पा भुसाल, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र केन्द्रीय सदस्य महेश बर्तौला, नेपाली कम्युनिस्ट पार्टीबाट नेता शक्तिबहादुर बस्नेत र प्रकाश ज्वाला, रास्वपाबाट नेताहरू शिशिर खनाल र सोबिता गौतम, राप्रपाबाट भुवन पाठक र राजेन्द्र गुरूङ, जसपा नेपालबाट प्रकाश अधिकारी र जनमतबाट नरेन्द्र चौधरी सहभागी छन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त जानकीकुमारी तुलाधर रआयुक्त सगुनशमशेर राणा तथा सचिव महादेव पन्थ सहभागी छन्। साथै आयोगकै सहसचिव नारायणप्रसाद भट्टराई, सहसचिव यज्ञप्रसाद भट्टराई र सहसचिव राजेन्द्रकुमार केसी सहभागी छन्।
बैठकमा सुरक्षा निकायमा प्रमुखहरू पनि सहभागी छन्।