गृह मन्त्रायलले बर्दियाको बढैयाताल-४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।
गृहका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार यस घटनाको ध्यानाकर्षण भएको बताउँदै छानबिन समिति बनाउन निर्देशन दिएका थिए।
सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानबिन गर्न समिति गठन गर्ने गृहसचिवस्तरीय निर्णय भएको थियो।
समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रुपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समितिलाई आदेश दिइएको छ।
यसै घटनाको सत्यतथ्य बुझ्न प्रधानमन्त्री सुशीला कार्कीले पनि गृहमन्त्री अर्याललाई निर्देशन दिएका थिए।