राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक बसेको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय कार्यसम्पादन समिति बैठकको एजेन्डा तय गर्न आज पदाधिकारी बैठक बसेको हो।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बसेको छ।
मंसिर २३ र २४ गते केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ।
राप्रपाले मंसिर २३ गते काठमाडौंमा प्रदर्शनसमेत गर्ने तयारी गरेको छ।