नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ।
बुधबार बिहान ९ बजेदेखि सुरू भएको मतदान बिहीबार बिहान सवा ७ बजे सम्पन्न भएको हो।
महाधिवेशनका लागि २२६३ प्रतिनिधि चयन भएकामा २२२७ जनाले मतदान गरेका छन्।
३६ जना प्रतिनिधि अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ।
मतदान सकिएपछि उपकरणहरू सिल गर्न लागिएको छ।
अब केही बेरमा मतगणना सुरू हुनेछ।
विद्युतीय मतदान भएकाले नतिजा आउने अधिकतम दुई घन्टा लाग्नेछ।
मतदानमा ८० वटा भोटिङ मेसिन प्रयोग गरिएको थियो।
मतदान सकिएपछि निर्वाचन आयोगले प्रतिनिधिहरूलाई बोलाएको छ।
प्रतिनिधिहरूको रोहबरमा गणना सुरू हुनेछ।
को-को अनपस्थित रहे?
१. झापाकी कृष्णमाया भुजेल
२. बाराकी लक्ष्मी यादव
३. सिरहाका शत्रुधनप्रसाद सिंह
४. पर्साका राजेन्द्र प्रसाद यादव
५. अंशु आनन्द
६. मनोजकुमार गुप्ता
७. सप्तरीका विजय कापर
८. महोत्तरीका जितेन्द्र चौधरी
९. दानबहादुर विक
१०. बब्लु सिवाकोटी
११. सिर्जना नेपाली
१२. अशिम कोइराला
१३. दिनेशकुमार बास्तोला
१४. बालुका बेलबासे
१५. गिरिराज बेलबासे
१६. राजेन्द्र अर्याल
१७. मिना पोखरेल
१८. तेजकुमार विक
१९. पल्लवराज भट्ट
२०. तिलक रिजाल
२१. गोमा नेपाली
२२. बसन्त नम्वाङ
२३. मुकुन्द न्यौपाने
२४. बालकृष्ण काउछा मगर
२५. ब्रिजेश गुप्ता
२६. राजकुमार गुप्ता
२७. हरिबहादुर राजवंशी
२८. पोष्टकुमार नेपाल
२९. सरस्वती गौतम
३०. सर्वतलाल राजवंशी
३१. प्रदीप प्याकुरेल
३२. समीर नेपाल
३३. रचना राजोपाध्याय
३४. अशोक केसी
३५. घनश्याम कोइराला
३६. सञ्जीव रोकाहा