नेकपा एमालेको ११ औँ महाधिवेशनको प्रारम्भिक मतपरिणाम आउँदा विष्णु पौडेलले सबैभन्दा धेरै मत ल्याएका छन्।
२२३ मत गणनाको भइसक्दा सबैभन्दा धेरै उपाध्यक्षका उम्मेदवार विष्णु पौडेलले ल्याएका हुन्। उनले १७३ मत पाएका छन्। उनीपछि सबभन्दा धेरै भोट उपाध्यक्षकै उम्मेदवार पृथ्वी सुब्बा गुरूङले पाएका छन्।
उनीहरूले ल्याएको मत अध्यक्ष केपी ओलीको भन्दा पनि धेरै हो। अध्यक्षका उम्मेदवार केपी ओलीले १५६ र ईश्वर पोखरेलले ६७ मत ल्याएका छन्।