नेकपा (एमाले)को जारी मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।
उपमहासचिवको प्रारम्भिक नतिजामा लेखराज भट्ट अगाडि देखिएका छन्।
उनले १४७ मत पाएका छन्।
त्यस्तै योगेश भट्टराईले १४० र रघुवीर महासेठले १२६ मत ल्याएका छन्।
भट्ट र महासेठ ओली समूहका हुन् भने भट्टराई ईश्वर पोखरेल समूहका हुन्।
उपमहासचिवमा ७ जना उम्मेदवार छन्। त्यसबाट तीन जना चयन हुनेछन्।