नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले प्रतिनिधि सभा समानुपातिक बन्द सूची बुझाउने कार्यतालिका हेरफेर गर्न प्रस्ताव गरेका छन्।
सिंहदरबारमा आज प्रधानमन्त्री र निर्वाचन आयोगसहित सरोकारवालाहरूको छलफलमा सहमहामन्त्री यादवले समानुपातिक उम्मदेवारको बन्द सूची पेस गर्ने समय केही दिन पर सार्न आग्रह गरेका हुन्।
‘समानुपातिकको समय पुस १३ र १४ गतेका लागि छ, यो समय अपुग भयो। त्यसलाई दुई चार दिन पर सार्नुपर्छ,’ उनले भने, ‘तर फागुन २१ को निर्वाचन सोही मितिमा हुनुपर्छ।’्
उनले बहुदलीय व्यवस्थामा राजनीतिक दल महत्वपूर्ण हुने र दलका प्रमुख शीर्ष नेताहरूसँग प्रधानमन्त्रीले संवाद गर्नुपर्ने पनि बताए।