श्रम संस्कृति पार्टीले पार्टीको आचारसंहिता उल्लंघन गरेको भन्दै उपाध्यक्षमा मनोनीत मित्र परियारलाई पदबाट निलम्बन गरेको छ।
पार्टी अध्यक्ष हर्क राज राईले जारी गरेको विज्ञप्तिमा गत मंसिर ५ गते बुटवलमा आयोजित आमसभामा परियारले पार्टीको आचारसंहिता विपरीत अभद्र शैलीमा सार्वजनिक अभिव्यक्ति दिएको तथा जिल्ला सह–संयोजक केशव न्यौपानेलाई आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरी गाली गरेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा अध्यक्ष राईले श्रम संस्कृति पार्टीमा नेता वा कार्यकर्ताको भेद नहुने र सबै सदस्य श्रमदाता भएको स्पष्ट पारेका छन्।
पार्टीभित्र कसैले पनि ‘केन्द्र समितिको हुँ’ भन्ने आधारमा आबद्ध सदस्यलाई अपमान गर्ने किसिमको व्यवहार वा अभिव्यक्ति गरेमा यस्तै प्रकृतिको कारबाही गरिने चेतावनी दिइएको छ।