सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएर आएपछि रास्वपा सभापति रवि लामिछानेले आफ्नो राजनीतिक भेटघाट तीव्र बनाएका छन्।
त्यसै क्रममा उनी अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गरिरहेको रास्वपाका प्रवक्ता मनीष झाले बताए।
रास्वपाका पूर्वसांसद असिम शाहको घरमा उनीहरूको भेटघाट भइरहेको छ। उनीहरूबीच पछिल्लो तीन घन्टादेखि कुराकानी भइरहेको स्रोतले बतायो।
प्रवक्ता झाका अनुसार रास्वपा र मेयर बालेन शाहबीच आपसी सहकार्य गरेर जानेबारे कुराकानी भइरहेको छ।
भेटघाटमा रास्वपा तर्फबाट रवि लामिछाने, डोलप्रसाद अर्याल र असिम शाह सहभागी छन्। बालेन तर्फबाट कुमार बेन, निश्चल बस्नेत लगायतका सदस्यहरू पनि सहभागी छन्।
लामिछाने सहितको रास्वपा टोलीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको थियो।
त्यसअघि लामिछानेले भैरहवाबाट काठमाडौं आएलगत्तै जेनजी आन्दोलनका घाइते र सहिदका परिवारसँग भेटेका थिए।