नेकपा एमालेले ११ औं महाधिवेशनको सन्देश देशैभरि प्रवाह गर्नका लागि मंगलबार सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ।
पार्टीका महासचिव शंकर पोखरेलले भर्चुअल माध्यमद्वारा पार्टीको ठूलो समूहलाई एकैपटक महाधिवेशनको सन्देश प्रवाह गर्न लागेका हुन्। दिउँसो २ बजे पार्टी कार्यलयबाट महासचिवले सम्बोधन गर्ने तय गरिएको छ। केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार जिल्ला कमिटीमा पदाधिकारीदेखि सचिवालय सदस्य सम्म र प्रदेश कमिटीका पदाधिकारी लगायत सबै सदस्यलाई उक्त बैठकमा सहभागी हुन जुम आइडी पठाइसकिएको छ। ‘११ औं महाधिवेशनको प्रारम्भिक फैसला जनसमक्ष पु¥याउन आजको बैठक आयोजना गरिएको हो,’ अधिकारीले भने, ‘महाधिवेशनले चुनेको नेतृत्व, यसको कार्यभार,वर्तमान राजनीतिक अवस्था आदिका बारेमा महासचिव कमरेडले प्रष्ट पार्नुहुनेछ।’
एमालेले स्थानीय तहबाट भइरहेका गतिविधि,पार्टीसँगको समन्वय र महाधिवेशनले दिएको राजनीतिक कार्यदिशालाई स्वीकार गरेर काम गर्न पार्टी पंक्तिमा निर्देशन पठाउने भएको छ। कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार बैठकका बारेमा सबै जिल्ला कमिटीलाई जानकारी गराइसकिएको छ।