राष्ट्रपति रामचन्द्र पौडेलले आज तीन दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन्।
राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' सँग छलफल गर्न लागेका हुन्।
‘राष्ट्रपतिज्यू र तीन दलका प्रमुखबीच आज छलफलको कार्यक्रम तय भएको छ,’ स्रोतले सेतोपाटीसँग भन्यो।
छलफल राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न ३ बजे हुनेछ।
राष्ट्रपति पौडेलले फागुन २१ मै प्रतिनिधि सभा चुनाव हुनुपर्ने बताउँदै आएका छन्।