राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की र तीन दलका प्रमुख नेताहरूसँग आज छलफल गर्ने भएका छन्।
राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आज दिउँसो प्रधानमन्त्री कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' सँग छलफल गर्न लागेको स्रोतले जनाएको छ।
जेनजी आन्दोलनपछि पूर्वप्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वमा सरकार बनेको थियो। त्यसयता प्रधानमन्त्री र राष्ट्रपतिले दलका शीर्ष नेताहरूसँग छलफल गरेका थिएनन्।
प्रतिनिधि सभा विघटन गरी कार्की नेतृत्वको सरकारले फागुन २१ गतेका लागि चुनाव घोषणा गरेको थियो भने अहिले चुनाव तयारी भइरहेको छ। सोही सन्दर्भमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूबीच पहिलो पटक संयुक्त छलफल हुन लागेको हो।