उच्चस्तरीय राजनीतिक संवाद कार्यदलको राजनीतिक भेटघाट कार्यक्रम अन्तर्गत बुधबार दिउँसो ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा पुगेका छन्।
त्यहाँ अहिले भेटघाट चलिरहेको छ।
छलफलमा संवाद कार्यदल संयोजक तथा कानुनमन्त्री, अनिल सिन्हा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजय भद्र खनाल छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभापति डिपी अर्याल, डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपीन आचार्य र प्रवक्ता मनिष झा लगायत अन्य केन्द्रीय सदस्यहरू रहेका रास्वपाले बताएको छ।

