उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी एकता भएको छ।
दुवै पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै एकताको घोषणा गरेका हुन्।
२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दुवै पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको बिम’ प्रयोग गरी संयुक्त रूपमा चुनावमा जाने निर्णय गरेका छन्।
उज्यालो नेपाल पार्टीका अध्यक्ष ई. अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई. दीपक कुमार साहबीच विगत केही समयदेखि छलफल हुँदै आएको थियो।
एकता घोषणापत्रमा लोकतन्त्र, संघीयता, समावेशीता, जातीय, क्षेत्रीय तथा लैंगिक समानतासहित सिंगो देश र मधेसको उच्चतम संयुक्त विकास र दिगो समृद्धि दुवै पार्टीको मूल प्रतिबद्धता रहेको उल्लेख छ।