राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन्।
शाही जुम्ला, ललितपुर–१, भक्तपुर–१, रुपन्देही–२, सुर्खेत–२ र कञ्चनपुर–२ बाट उम्मेदवार सिफारिस भएका हुन्।
२०७९ सालमा भएको निर्वाचनमा शाही जुम्लाबाट निर्वाचित भएका थिए।
राप्रपाले फागुन २१ को निर्वाचनका लागि देशभरबाट उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ।
राप्रपाले उम्मेदवारको अन्तिम टुंगो लगाउन भने बाँकी छ।