नेपाली कांग्रेसले प्रदेश सभा समानुपातिक बन्द सूचीमा समावेश रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको छ।
आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले १९ जनाको नाम हटाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
‘प्रदेश सभा समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय भएको छ,’ उनले भने, ‘उहाँहरू प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुन चाहनु भएको छ।’