राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ।
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकताको सहमति भएको हो।
सहमति पत्रमा आज बेलुकी ७ बजे अध्यक्ष लिङ्देन र अध्यक्ष थापाले हस्ताक्षर गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
पार्टी एकता हस्ताक्षर कार्यक्रम केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको थियो।
सहमतिअनुसार पार्टी एकता घोषणा कार्यक्रम पुस १६ गते राष्ट्रिय सभा गृह काठमाडौंमा हुनेछ।
राप्रपा र राप्रपा नेपालले केही समयदेखि वार्ता समिति नै बनाएर पार्टी एकता पहल गरेका थिए।
२०७८ मंसिरमा राप्रपाको सातौं महाधिवेशनमा अध्यक्ष पदमा लिङ्देनसँग थापा पराजित भएका थिए। त्यसपछि उनले राप्रपा नै परित्याग गरे र राप्रपा नेपाल ब्युँत्याएका थिए।
अन्तत: थापा र लिङ्देन पुन: एकै पार्टीमा आउने अवस्था बनेको छ।
यस्तो छ सहमति:
