जेन फोर्स समूहले जेनजीका मुद्दा उठाउन राजनीतिक दलहरूलाई आह्वान गरेको छ।
उक्त समूहले मंगलबार पत्रकार सम्मेलन गर्दै फागुन २१ गते हुन लागेको निर्वाचनमा जेनजीका मुद्दालाई आफ्नो घोषणपत्रमार्फत उठाइदिन राजनीतिक दलहरूलाई आह्वान गरेको हो।
ठूला दलहरूले जेनजीका मुद्दा उठाउँदा आवाज बलियो हुने भएकाले यस्तो आह्रान गरिएको जेनजी फोर्स समूहका संयोजक रेहनराज दंगालले जानकारी दिए।
यसका लागि विभिन्न राजनीतिक दलसँग संवाद गर्ने तयारी भइरहेको उनले बताए।
भदौ २७ गते जंगी अंड्डा पुगेका जेनजीहरूले देशभरका जेनजी प्रतिनिधि समेटेर यो समूह बनाएका हुन्।
राजनीतिक दलहरूलाई आह्वान गर्न जेन फोर्सको निर्णयमा सागर ढकाल, मिराज ढुंगाना, टासी ल्हान्जोम, डा. जगत विक, मदन खत्री लगायत २० जनाभन्दा बढीले हस्ताक्षर गरेका छन्।