राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज साँझ फेरि भेट हुने भएको छ।
बिहीबार दिउँसो रवि र बालेनबीच ललितपुरको कुपण्डोलस्थित कुमार बेनको घरमा भेट भएको हो। त्यहाँबाट रवि लामिछाने अहिले निस्किसकेका छन्।
दुई जनाबीच केकस्तो कुराकानी भयो भन्ने यकिन भइसकेको छैन।
तर आजै साँझ फेरि भेट हुने भनिएको छ।
बालेनले बिहीबार नै कुलमान घिसिङ, अमरेशकुमार सिंह लगायत विभिन्न नेताहरूसँग भेटेका छन्।