काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।
आज अपराह्न उनीहरूबीच भेटवार्ता भएको हो। मेयर शाहलाई भेट्न भट्टराई अपराह्न ४ बजेर २० मिनेटमा ललितपुरस्थित छलफल स्थल आइपुगेका हुन्।
‘मेयर शाहलाई भेट्न पूर्वप्रधानमन्त्री भट्टराई आउनुभएको छ, अब भेटवार्ता सुरू हुन्छ,’ स्रोतले भन्यो।
मेयर शाहले बुधबार र बिहीबार राजनीतिक भेटवार्ता गरिरहेका छन्। उनले देश विकास पार्टीबाट राजनीति सुरू गर्न लागेका छन्।
सोही क्रममा मन्त्री कुलमान घिसिङ, कांग्रेस नेता चन्द्र भण्डारी र सुनिल शर्मा, रास्वपा सभापति रवि लामिछाने, नेताहरू शिशिर खनाल र असिम शाहलगायतलाई भेटवार्ता गरेका छन्।
तस्बिरहरूः




सबै तस्बिरः अक्षर काका/सेतोपाटी।