काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई भेट्न हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनार पनि कुपन्डोल पुगेका छन्।
सुनारले आफू मेयर बालेनलाई भेट्न कुरेर बसेको जानकारी दिए।
'भेट्न बोलाउनुभएको थियो। आइपुगेको छु । भेट्न कुरिरहेको छु,' उनले भने।
बालेन अहिले जेनजीहरूसँग छलफलमा छन्।
बालेनसँगै छलफल गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि त्यहाँ पुगेका छन्।
बालेनले यसअघि रवि लामिछाने , कुलमान घिसिङ, सुनिल शर्मा, अमरेशकुमार सिंह लगायतसँग छलफल गरेका थिए।
जेनजीहरूले नयाँ शक्तिहरूसँग मिलेर जानुपर्ने दबाब दिएका छन्।