नेपाली कांग्रेसले राष्ट्रिय सभा अधिवेशन आह्वान गर्न माग गरेको छ।
कांग्रेस राष्ट्रिय सभा संसदीय दल बैठकले अधिवेशन आह्वानको माग गर्ने निर्णय गरेको हो।
दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सभा अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरेको संसदीय दल कार्यालयले जनाएको छ।
‘देशमा बदलिएको राजनीतिक बिषम परिस्थीतिमा असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाज उठाउने सार्वभौम संघीय संसद अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएकोले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न अध्यक्षज्यूलाई सम्बन्धित निकायसँग माग गर्न अनुरोध गर्ने यो बैठक निर्णय गर्दछ,’ निर्णयमा उल्लेख छ।