नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मा परराष्ट्र मन्त्री बन्ने भएका छन्।
उनलाई परराष्ट्र मन्त्री बनाउने तयारी छ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त नियुक्त गर्ने र आजै शपथ गराउने तयारी छ।
‘उहाँको शपथ आजै हुनेछ,’ स्रोतले भन्यो।
शर्मा माओवादी लडाकूलाई शान्तिप्रक्रियामा आएपछि सेनामा समायोजन गर्ने विशेष समिति सचिवालयका संयोजक थिए।
यस्तै उनले तत्कालीन केपी शर्मा ओलीको सरकार हुँदा कोभिड-१९ को महामारीको बेलामा गठन भएको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसीको जिम्मेवारी पाएका थिए। उनले सिसिएमसीमा सिइओ भएर काम गरेका थिए।
नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नेपालमा स्थापनाको चरणमा रहेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेशनल डिफेन्स युनिभर्सिटी) को प्रमुखसमेत थिए। सेनाका पुर्वरथी शर्माले फोर्स कमाण्डरको रूपमा समेत काम गरेका थिए।