नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।
आइतबार बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको एक नेताले जानकारी दिए।
सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ।
त्यसबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाइएको ती नेताले जानकारी दिए।
साथै एघारौं महाधिवेशनपछि नेताहरूको कार्यविभाजन तोक्न बाँकी रहेकाले सचिवालय बैठकमा त्यसबारेमा पनि छलफल हुनेछ।