नेपाली कम्युनिस्ट पार्टी सल्यानले फागुन २१ को चुनावका निम्ति उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ।
प्रतिनिधिसभा सदस्य खुलातर्फ पूर्वमन्त्री टेकबहादुर बस्नेतको नाम एक नम्बरमा सिफारिस गरिएको छ।
त्यसपछि युवा क्लस्टर र दलिततर्फ धनबहादुर परियार, खुलातर्फ पूर्वमन्त्री प्रकाश ज्वालाको नाम तीन नम्बरमा सिफारिस गरिएको छ।
खुलातर्फ रमेश मल्ल र अन्त्यमा महिलातर्फ सीता बिष्ट बस्नेतको नाम सिफारिस गरिएको छ।
समानुपातिकतर्फ — उमाकान्त शर्मा (खस आर्य), पवित्रा विक (दलित महिला), प्रमोद कुमार श्रेष्ठ (जनजाति) र अन्त्यमा प्रेमा अधिकारी (महिला) सिफारिस गरिएको छ।
राष्ट्रियसभातर्फ भने रत्नबहादुर वलीको मात्रै नाम सिफारिस गरिएको साबिक नेकपा (एकीकृत समाजवादी) अध्यक्ष रमेशकुमार गौतम र साबिक नेकपा (माओवादी) केन्द्रका संयोजक मानबहादुर मल्लले जारी गरेको वक्तव्यमा उल्लेख छ।
