काठमाडौं महानगरपालिका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच एकीकृत रूपमा अघि बढ्ने विषयमा शनिबार राति ७ बजेदेखि भइरहेको वार्तामा अहिले भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि सामेल भएका छन्।
रास्वपा र बालेन समूह मिलेर चुनावमा जाने विषयमा शुक्रबारदेखि चलिरहेको वार्ता कुनै निष्कर्षमा पुग्न नसकेका बेला बालेनले शनिबार राति कुलमानसँग मात्र भेटवार्ता गरेका थिए।
रास्वपा र बालेनको एकता संवाद शुक्रबार राति लगभग सहमति नजिक पुगेको भनिएको थियो। त्यसलाई शनिबार भेटेर टुंगो लगाउने भनिए पनि शनिबार दिनभरि नै दुई पक्षबीच कुराकानी हुन सकेन।
त्यसपछि बालेनले राति ७ बजे कुलमानलाई भेटेका थिए। तर अहिले रवि पनि त्यो वार्तामा मिसिएपछि यी तीन समूहको एकता संवाद कुनै निष्कर्षमा पुग्न सक्ने रास्वपा र बालेन निकट नेताहरूले बताएका छन्।
विस्तृत आउँदै