नेकपा (एमाले)ले सचिवालय बैठक बस्दै छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे सचिवायल बैठक बस्न लागेको एक नेताले जानकारी दिए।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ।
त्यसबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाइएको ती नेताले जानकारी दिए।
साथै एघारौं महाधिवेशनपछि नेताहरूको कार्यविभाजन तोक्न बाँकी रहेकाले सचिवालय बैठकमा त्यसबारेमा पनि छलफल हुनेछ।