नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले पछिल्लो समय देखिएको राजनीतिक मिलन र समीकरणप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीच सहमति भएको सन्दर्भ जोड्दै अब अर्को राजनीतिक मिलन पनि हुन सक्ने संकेत संकेत गरेका छन्।
‘रवि–बालेन मिलेछन्, अब कुलमान–प्रचण्ड बाँकी रहे जस्तो देखियो, त्यो पनि होला झैँ लाग्छ,’ बास्कोटाले लेखेका छन्।