उपसभामुख इन्दिरा रानाले संसद सचिवालयलाई गाडी फिर्ता गरेकी छन्।
आइतबार कार्यकाल सकिएसँगै उपसभामुख रानाले आफूले चढ्दै आएकाे गाडी संसद सचिवालयलाई बुझाएकी हुन्।
उपसभामुख रानाले दुइटै गाडीकाे साँचाे संसद सचिवालयका कर्मचारीलाई बुझाएकी थिइन्। त्यसपछि ट्याक्सी चढेर राना सिंहदरबारबाट निस्किएकी थिइन् ।