नेकपा एमालेको सचिवालय बैठकमा उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले ईश्वर पोखरेललाई समानुपातिकको एक नम्बरमा राख्नुपर्ने बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा योगेश र गोकर्णले पार्टीमा एकता कायम गर्न ईश्वर पोखरेललाई समानुपातिकको एक नम्बरमा राख्नुपर्नेमा जोड दिएका हुन्।
'समानुपातिक छान्दा मापदण्ड बनाऔं, योग्यता, क्षमता, क्रियाशीलता मानक राखौं,' उनीहरूले भने।
यस्तै महाधिवेशनमा प्रतिस्पर्धा भएता पनि जित्नेले हार्नेलाई समेटेर लैजानुपर्ने उनीहरूको जोड थियो।