जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकता हुने भएको छ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरसहित पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले पार्टी एकीकरण गर्ने निर्णय गरेको हो।
'बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता र सामाजिक न्याय लगायत अग्रगामी परिवर्तनका मुद्दालाई थप मजबुत बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकताला आत्मसात गरी पार्टी एकीकरणको निर्णय गरिएको हो,' दुवै पार्टीद्वारा संयुक्त रूपमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
