अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी फुटेको छ।
सहअध्यक्ष रेणु यादवसहित नेताहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमै फर्किएका हुन्।
पार्टी एकता सहमति पत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपाकी सहअध्यक्ष रेणु यादवले हस्ताक्षर गरेका छन्।
जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आफू एकतामा नगएको बताए। ‘रेणु यादव, प्रदीप यादवलगायत केही साथीहरू जसपा नेपालमै फर्कनुभएको हो, म एकतामा सामेल छैन,’ उनले भने।
जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालबीच हिजो पार्टी एकताको सहमति भएको थियो।
