पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगलाई बयान दिएका छन्।
सिंहदरबारस्थित जाँचबुझ आयोग कार्यालय पुगेर लेखकले बयान दिएका हुन्। लेखकसँग आयोगले साढे २ घन्टा बयान लिएको हो।
जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए।
लेखक बयान दिएर बाहिरिएका छन्। उनी कांग्रेस संसदीय दल कार्यालय गएका छन्। उनले त्यहाँ पत्रकार सम्मेलन गर्न लागेका छन्।