पूर्वगृहमन्त्री रमेश लेखकले आफू नेतृत्वमा रहँदाको समयमा भएका घटनाबारे प्रश्न उठ्दा जबाफ दिनु 'कानुनी र नैतिक जिम्मेवारी भएको' बताएका छन्।
यही कानुनी र नैतिक जिम्मेवारी वहन गर्दै आफू भदौ २३ र २४ को घटना जाँचबुझ गर्न गठिन जाँचबुझ आयोगसमक्ष बयान दिन गएको उनले उल्लेख गरेका छन्।
आयोगले भदौ २३ र २४ का घटना जाँचबुझ क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री लेखकसँग बयान लिने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भने आयोगलाई बयान नदिने बताइरहेका छन्।
लेखकले सार्वजनिक वा शासकीय भूमिकामा रहँदा उठेका प्रश्नप्रति नेतृत्वमा बस्नेहरू जबाफदेही हुनुपर्ने उल्लेख गरेका छन्।
उनले भनेका छन्, 'सार्वजनिक वा शासकीय भूमिकामा रहँदाको सन्दर्भमा उठेका प्रश्नहरूबारे आयोगसमक्ष जानकारी दिनु मेरो कानुनी र नैतिक जिम्मेवारी हो भन्ने मान्यताका साथ म यहाँ उपस्थित भएको छु।
यस्तो छ बयान: