नेपाली कम्युनिष्ट पार्टी सल्यानले उम्मेदवारको नाम सिफारिस गरेको छ।
आगामी निर्वाचनका लागि नेकपाले उम्मेदवारको नाम सिफारिस गरेको हो।
प्रतिनिधिसभा सदस्य खुल्लातर्फ पूर्वमन्त्री टेकबहादुर बस्नेतको नाम एक नम्बरमा सिफारिस गरिएको छ।
त्यसपछि युवा क्लस्टर र दलित धनबहादुर परियार, खुल्लातर्फ पूर्वमन्त्री प्रकाश ज्वालाको नाम तीन नम्बरका सिफारिस गरिएको छ।
खुल्लातर्फ रमेश मल्ल र अन्तिममा महिलातर्फ सीता विष्ट बस्नेतको नाम सिफारिस गरिएको छ।
समानुपातिक तर्फ –उमाकान्त शर्मा (खस आर्य), पवित्रा विक (दलित महिला) , प्रमोदकुमार श्रेष्ठ (जनजाति) र अन्तिममा प्रेमा अधिकारी (महिला) सिफारिस गरिएको छ ।
राष्ट्रिय सभा तर्फ भने रत्नबहादुर वलीको मात्रै नाम सिफारिस गरिएको साबिक नेकपा (एकीकृत समाजवादी) अध्यक्ष रमेशकुमार गौतम र साविक नेकपा (माओवादी) केन्द्रका संयोजक मानबहादुर मल्लले जारी गरेको वक्तव्यमा उल्लेख छ।