प्रतिनिधि सभा समानुपातिकतर्फ उम्मेदवार सूची बुझाउन दलका नेताहरू निर्वाचन आयोगमा पुगेका छन्।
निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सूची बुझाउन हिजो र आज समय दिएको थियो।
अहिलेसम्म ९ वटा दलले समानुपातिकतर्फ उम्मेदवार सूची बुझाएका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरूले अझै सूची बुझाएका छैनन्।
कांग्रेसलगायत दलहरूले आयोग पुगेर निस्सा लिएर आएका छन् र समानुपातिक सूचीलाई अन्तिम रूप दिँदैछन्।
सोमबार अपराह्न पौने ६ बजेसम्म नेमकिपा, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेकपा (पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी, जसपा नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपालले सूची बुझाएको निर्वाचन आयोगले जनाएको छ।
आयोगले आज अपराह्न ४ बजेसम्म सूची बुझाउन भनेको थियो। तर ठूला दलहरूले अहिलेसम्म उम्मेदवार सूची बुझाएका छैनन्, निस्सा लिएर आएका छन्।
तस्बिरहरू:
-1767009893.jpg)
-1767009894.jpg)
-1767009894.jpg)
-1767009894.jpg)
-1767009893.jpg)
-1767009893.jpg)
-1767009892.jpg)
-1767009892.jpg)
-1767009892.jpg)
-1767009892.jpg)
-1767010515.jpg)
-1767010514.jpg)
-1767010513.jpg)
-1767010513.jpg)
-1767010511.jpg)
-1767010509.jpg)
-1767010509.jpg)
-1767010511.jpg)
-1767010512.jpg)
-1767010510.jpg)
-1767010510.jpg)