गृह मन्त्रालयमा सरूवा भएका गृहसचिव राजकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले सरूवा भएर आएका गृह सचिव श्रेष्ठलाई स्वागत गरेका हुन्।
सरकारले रामेश्वर दंगाललाई लोकसेवा आयोगमा सरूवा गरेको छ। दंगाललाई मन्त्री अर्यालले धन्यवाद दिँदै बिदाई गरेका थिए।
यस्तै, गृह सचिवको नयाँ जिम्मेवारी सम्हालेका सचिव श्रेष्ठलाई मन्त्री अर्यालले सफल कार्यकालको शुभकामना दिए।