राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति भएको छ। सहमतिअनुसार पार्टीको नेतृत्वमा नदेखिए पनि ऊर्जा मन्त्री कुलमान घिसिङ रास्वपाको पहिलो वरीयताको उपसभापति बन्ने छन्।
सहमतिअनुसार उज्यालो नेपालले १० जना समानुपातिक उम्मेदवारहरू पनि भागमा पाएको छ। ती उम्मेदवारको सूची उज्यालो नेपालले पठाएको छ। यी सबै नाम एकीकृत गरी रास्वपाले ११० जनाको सूची सोमबार नै निर्वाचन आयोगमा बुझाइसकेको छ।
उज्यालो नेपालले आदिवासी जनजातितर्फ पहिलो नम्बरमा डा महेन्द्र लावतीलाई राखेको थियो। आदिवासी जनजातितर्फ नै दोस्रो नम्बरमा धर्मलाल तामाङ, माया डोल्मा लामा, तुलसा वाइवा, लाक्पा फुटी शेर्पा, कौशला गुरूङ थिए।
त्यस्तै खस आर्यतर्फ देवकी पौडेल, अनुपकुमार उपाध्याय, दुर्गाबहादुर घिमिरे, कुमारराज सुवेदी, सीतादेवी पाण्डेय, सरला लामिछाने छन्। दलिततर्फ रिमा विश्वकर्मा, राजदेव राम छन् भने मधेसीतर्फ अभिशेकराज सिंह, मनीषा कुमारी रहेका थिए।
थारू क्लस्टरमा सोमप्रसाद चौधरी, बालिका चौधरीको नाम उल्लेख थियो। यी नाम निर्वाचन आयोगमा बुझाइसकेको थियो। पछि फिर्ता लिएर रास्वपाले एकीकृत नाम बुझाएको छ।
जसअनुसार पार्टी अध्यक्ष अनुपकुमार उपाध्याय, अभिनेत्री रिमा विश्वकर्मा, अभिषेकराज सिंह, डा महेन्द्र लावती, मनीषा कुमारी, सोमप्रसाद चौधरी, सीतादेवी पाण्डे, सरला लामिछाने, दुर्गाबहादुर घिमिरे, बालिका चौधरी समेटिएका छन्।