नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट पदाधिकारी र कानुन व्यवसायीहरूसँग छलफल गर्दैछन्।
३ बजेपछि बस्नेगरी सभापति देउवाले छलफलमा बोलाएको एक पदाधिकारीले जानकारी दिए।
छलफल महाराजगन्जस्थित देउवा निवासमा केही बेरमै सुरू हुने उनले बताए।
छलफलमा देउवाले आफूनिकट केही केन्द्रीय सदस्य र कानुन व्यवसायीलाई पनि बोलाएका छन्।
भृकुटीमण्डपमा विशेष महाधिवेशको बन्द सत्रमा देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने प्रस्ताव पेस भएको छ।
सभापति देउवाले विशेष महाधिवेशन भइरहेको र पार्टीभित्र सिर्जना हुनसक्ने अवस्थाबारे छलफल गर्न लागेका हुन्।
बिहान नेता शेखर कोइरालाले पनि आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरूसँगै कानुन व्यवसायीलाई पनि राखेर छलफल गरेका थिए।
विशेष महाधिवेशन नेतृत्व चयन गर्नेतर्फ अगाडि बढिरहँदा संस्थापनका नेताहरू छलफलमा जुटेका हुन्।