यतिबेला काठमाडौं उपत्यकासहित देशभर तिहारको रौनक छाएको छ। नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारलाई उज्यालो र झिलिमिलीको पर्वका रूपमा पनि चिनिन्छ।
तिहार सुरू भएसँगै सहरी क्षेत्रमा घर, सडक तथा विभिन्न सार्वजनिक स्थलहरू रंगीचंगी बत्तीले सजिएका छन्। साँझ परेसँगै झिलिमिली बत्तीले सहरको सौन्दर्य थप बढाएको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको बौद्ध क्षेत्र पनि यतिबेला तिहारको झिलिमिलीले आकर्षक देखिएको छ। बौद्ध स्तुप र आसपासका सडक तथा भवनहरूमा सजाइएका रंगीचंगी बत्तीले यस क्षेत्रको सुन्दरता थप बढाएका छन्।
पर्यटकीय गन्तव्यका रूपमा परिचित बौद्ध क्षेत्र तिहारको उज्यालोमा झनै मनमोहक देखिएको छ।
-1794207476.jpg)
-1794207478.jpg)
-1794207478.jpg)
-1794207477.jpg)
-1794207477.jpg)
-1794207477.jpg)
-1794207476.jpg)