लुम्बिनी प्रदेश सभाका सांसद अनुराग खड्का पनि नेपाली कांग्रेस विशेष महाधिवेशनमा सहभागी भएका छन्।
सोमबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सहभागी हुन उनी पुगेका हुन्।
दाङ क्षेत्र नम्बर १ (२) का सांसद उनी लुम्बिनी प्रदेश सभाका कान्छा सांसद हुन्।
उनी कांग्रेस नेता खुमबहादुर खड्काका छोरा हुन्। खुमबहादुरको निधनपछि अनुराग राजनीतिमा आएका थिए।
उनी कांग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका थिए। पछि महासमिति सदस्य पनि भए।
उनी पार्टीमा पनि लोकप्रिय छन्, महाधिवेशन प्रतिनिधिमा उनले धेरै मत ल्याएका थिए।