नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन हुन नदिने बताएका छन्।
सोमबार आफूपक्षका नेताहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूले पार्टी जोगाउन कोशिस गरिरहेको र पार्टी जोगाएरै छोड्ने बताएका हुन्।
‘पार्टी जोगाउन कोशिस गर्दैछु। पार्टी जोगिन्छ। त्यो चिन्ता नगर्नुस्। मेरो एउटै चिन्ता पार्टी फुट्न हुँदैन, र म फुट्न दिन्नँ। समन्वय गरी मिलाएर लगिन्छ, एकढिक्का बनाएर लैजान्छु,' उनले भने।
भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशन जारी छ। आज बन्द सत्र चलिरहेको छ।
बन्द सत्रमा देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने प्रस्ताव गरिएको छ।